२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको चौथो दिन आज बुधबार दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आज १६.९५ अंकले बढेर दुई हजार ८ सय १ दशमलब ५२ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
कारोबारको चौथो दिन (बुधबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७ कम्पनी कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । पञ्चकन्या माईको शेयरमुल्य रु.३८८.४० र अपर तामाकोशीको शेयरमुल्य रु.७०५.४० पुगेको छ ।
शेयरमूल्यमा उच्च बृद्धि हुनेमा पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी, नेपाल बंगलादेश बैंक र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज बोटलर्स नेपाल तराई र महालक्ष्मी विकास बैंक शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल टेलीकमको भएको छ । यस बैंकको आज ५८ करोड भन्दा बढीको कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij