Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

ओलीसँग भीम रावलको असन्तुष्टि झन बढ्यो, कैलालीमा रावल पक्षले बोलायो समानान्तर प्रतिनिधि छनौट भेला

ओलीसँग भीम रावलको असन्तुष्टि झन बढ्यो, कैलालीमा रावल पक्षले बोलायो समानान्तर प्रतिनिधि छनौट भेला


  • 4.4K
    Shares

    ओलीसँग भीम रावलको असन्तुष्टि झन बढ्यो, कैलालीमा रावल पक्षले बोलायो समानान्तर प्रतिनिधि छनौट भेला
    images

    काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल अध्यक्ष केपी शर्मा ओलीसँग झनै असन्तुष्ट बनेका छन् । पछिल्लो समय १० बुँदे कार्यान्वयनमा ओली ईमानदार नभएको आरोप लगाउँदै आएका रावलले अहिले महाधिवेशनमा प्रतिनिधि छनौटलाई लिएर असन्तुष्टि पोख्न थालेका छन् ।

    पछिल्लो समय कैलाली क्षेत्र नम्वर २ मा अध्यक्ष ओली र रावलको विवाद छताछुल्ल भएको हो । उनीहरूबीचको विवादकै कारण कैलाली क्षेत्र नम्वर २ मा मंगलबार एमालेले गरेको महधिवेशन प्रतिनिधि छनौट भीम रावल पक्षले अस्वीकार गरेको छ । रावल पक्षले भने बुधबार ९आज० फेरी महाधिवेशन प्रतिनिधि छनौटका लागि भेला आह्वान गरेको छ ।

    mm.jpg

    नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कीस्थित मनोहरा होटलमा भेला आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १४:५४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij