२०८२ मंसिर ७ गते आइतवार
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । गठबन्धनको समर्थनमा राई कार्तिक १६ गते मुख्यमन्त्री बनेका हुन् ।
एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री राईले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत मत परेको सभामुख प्रदिप कुमार भण्डारीले जानकारी दिए ।
९२ सदस्यीय प्रदेशसभामा राईलाई विश्वासको मत पाउन ४६ सांसदको समर्थन चाहिन्छ । सभामुख भण्डारीकाअनुसार बैठकमा उपस्थित ७९ मध्ये प्रस्तावको पक्षमा ५०, विपक्षमा २९ र तटस्थमा शुन्य मत परेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij