Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

कर दिवसमा करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी सरकारलाई कर तिर्ने करदाता

कर दिवसमा करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी सरकारलाई कर तिर्ने करदाता


  • 7.3K
    Shares

    कर दिवसमा करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी सरकारलाई कर तिर्ने करदाता

    काठमाडौं । आन्तरिक राजस्व विभागले १०औं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई  सम्मान गरेको छ।

    बुधबार आयोजित एक कार्यक्रमबीच विभागले गत वर्ष संस्थागततर्फ संस्थागततर्फ नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको भन्दै सम्मान गरेको हो।

    विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ।

    त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बिमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएका छन्। सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ।

    जलविद्युत् आयोजनातर्फ हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि सम्मानित भएका छन्। त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एशियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ।

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १३:१४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij