Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सबैभन्दा जेठो बैंक नेपाल-बैंक, आज ८५ औं वर्षमा प्रवेश

सबैभन्दा जेठो बैंक नेपाल-बैंक, आज ८५ औं वर्षमा प्रवेश


  • 8.1K
    Shares

    सबैभन्दा जेठो बैंक नेपाल-बैंक, आज ८५ औं वर्षमा प्रवेश

    राष्ट्रकै सबैभन्दा पुरानो बैंक नेपाल बैंकले कार्तिक ३० गते अर्थात आज ८५ वर्ष पुरा गरेको छ । नेपाल बैंक लिमिटेड नेपालको पहिलो वाणिज्य बैंक हो । यो सन् १९३७ मा जुद्ध शमशेरद्वारा स्थापित भएको थियो, जसले नेपालमा औपचारिक बैंकिङको युगको सुरुवात गरेको थियो ।

    राष्ट्रको पहिलो बैंक ४० प्रतिशत सरकारी सेयर र ६० प्रतिशत सार्वजनिक सेयरमा स्थापना भएको थियो भने अहिले शेयर संरचनालाई परिमार्जन गरी ५१ प्रतिशत सरकारी र ४९ प्रतिशत सार्वजनिक सेयरमा राखिएको छ । आश्विन अनुसार, यसको चुक्ता मूल्य रु १२.६४ अर्बा रहेको छ।

    आकर्षक परिसूचक भएका बैंकले दुई दशकको उथलपुथलपछि गत आर्थिक वर्षदेखि मात्रै शेयरधनीलाई लाभांश वितरण गर्न थालेकोले पछिल्लो समय बैंकको सेयरप्रति लगानीकर्ताको चासो निकै बढेको सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १६:२७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij