Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विप्लवको बन्दले गाडी नचल्दा यात्रुलाई सास्ती, ५ बन्दकर्ता पक्राउ

विप्लवको बन्दले गाडी नचल्दा यात्रुलाई सास्ती, ५ बन्दकर्ता पक्राउ


  • 6.0K
    Shares

    विप्लवको बन्दले गाडी नचल्दा यात्रुलाई सास्ती, ५ बन्दकर्ता पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् ।

    सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

    काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् । काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

    प्रमुख प्रहरी निरीक्षक निरु दुवालका अनुसार गएराति फाट्टफुट्ट रुपमा सवारी साधन चलेका भए पनि आज बिहानबाट भने नागढुंगा नाकाबाट सबारी साधनको आवतजावत ठप्प छ। बन्दको कारण राजधानीमा पसलहरु पनि खुलेका छैनन्। उपत्यका बाहिरका पनि बन्दको प्रभाव परेको छ। विशेष गरेर सार्वजनिक सबारी साधनमा बन्दको प्रभाव परेको छ। 

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - ०७:२२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij