२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ ।
एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रूपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा–अपडेट गर्न सक्दछन् ।
भिकेवाईसीको लागी डिजीटल लिंक यस प्रकार रहेको छ: https://vcc.nmb.com.np
‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गरिरहेको छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पादै पारदर्शिता, त्रुटिरहित र कागज बिहीन बैंकिङ्ग प्रदान गर्दछ । जुन बैंककी ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले बातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ’, बैकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij