Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

बैंकहरूमा नगद नभएपछि आइतबार मात्र साढे ४९ अर्ब सापटी लिए

बैंकहरूमा नगद नभएपछि आइतबार मात्र साढे ४९ अर्ब सापटी लिए


  • 4.9K
    Shares

    बैंकहरूमा नगद नभएपछि आइतबार मात्र साढे ४९ अर्ब सापटी लिए
    images

    काठमाडौँ । नगद नभएपछि बैंक तथा वित्तीय संस्थाले आइतबार मात्र करिब साढे ४९ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका छन् । सात दिन परिपक्व अवधि रहेको स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत ४८ अर्ब १५ करोड रुपैयाँ र एक दिने रिपो मार्फत १ अर्ब ४४ करोड २० लाख गरी कुल ४९ अर्ब ५९ करोड २० लाख रुपैयाँ सापटी लिएको राष्ट्र बैंकले जनाएको छ ।

    एसएलएफ र रिपोमार्फत राष्ट्र बैंकबाट सापटी लिने क्रम नयाँ होइन । बैंक तथा वित्तीय प्रणालीमा तरलता संकट बढ्दै गएपछि सापटीको रकम भने उच्च देखिएको छ । यही क्रममा यस आवमा आइतबारसम्म बैंकहरुले १४ खर्ब ७० अर्ब ३८ करोड रुपैयाँ सापटी लिइसकेका छन् । यसमध्ये धेरै रकम भुक्तानी भइसकेको छ । यस्तै, रिपोमार्फत यस आवमा हालसम्म ४८ अर्ब ४९ करोड रुपैयाँ सापटी सुविधा लिएको राष्ट्र बैंकको तथ्यांक छ ।

    पछिल्लो समय बैंकहरुमा निक्षेप रकम घटिरहेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पछिल्लो एक सातामा मात्रै १५ अर्ब निक्षेप घटेको छ । कात्तिक १७ देखि २६ गतेसम्म १५ अर्ब निक्षेप घटेको हो ।

    कात्तिक १७ गतेसमम वाणिज्य बैंकहरुमा कुल निक्षेप ४२ खर्ब ३८ अर्ब रुपैयाँ थियो भने २६ गतेसम्म आउँदा ४२ खर्ब २३ अर्बमा झरेको छ । कात्तिक लागेदेखि नै बैंकहरुमा निक्षेप घटिरहेको छ । कात्तिकको पहिलो २६ दिनमा कुल ४६ अर्ब निक्षेप घटेको छ । असोज मसान्तसम्म बैंकहरुको निक्षेप ४२ खर्ब ६९ अर्ब थियो ।

     

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १४:०१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij