Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आइतबार ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

आइतबार ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु


  • 4.4K
    Shares

    आइतबार ३०६ जनामा कोरोना संक्रमण  पुष्टि, ६ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा आइतबार थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ८ हजार ८ पीसीआर परीक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ३ सय ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय १५ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारिन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १६:३६:१५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij