२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा जोड दिनुभएकाे छ । आज आइतवार राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्ता बताउनुभएकाे हाे ।
अर्थमन्त्री शर्माले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताउनुभयो । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
अर्थमन्त्री शर्माले भन्नुभयो - ‘आउँदो बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ’, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस्, स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।’
‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्याे, थाहा पाउनुपर्याे’, मन्त्री शर्माले तालिममा सहभागी अधिकृत कर्मचारीहरूलाई भन्नुभयो, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।’
आजदेखि सुरु भएको तालिम आउँदो पुस ९ गतेसम्म चल्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij