Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

किन बढ्दै छ मधुमेह? कसरी सुरक्षित हुने

किन बढ्दै छ मधुमेह? कसरी सुरक्षित हुने


  • 8.7K
    Shares

    किन बढ्दै छ मधुमेह? कसरी सुरक्षित हुने

    काठमाडौँ । मधुमेहको बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । गाउँमा भन्दा बढी सहरमा नै यसका बिरामीहरू भेटिने गरेका छन् । हिजोआज त एक घर एक मधुमेह रोगका मानिस भेटिन थालेका छन् । आम मानिसलाई पनि यो मधुमेह लाग्न सक्छ ।

    आखिरमा सबैलाई लाग्‍ने मधुमेह के हो त? मधुमेह अर्थात डायबिटीजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि यो रोग लाग्ने गर्छ ।

    मधुमेहका लक्षणहरू

    छिटो-छिटो पिसाब र तिर्खा लाग्‍ने ।

    बढी भोक लाग्‍ने ।

    शरीरको वजन घट्ने, थकाई महसुस हुने र शरीर कमजोर हुने ।

    लामो समयसम्म शरीरमा लागेको घाउ चोटपटक निको नहुने ।

    हातखुट्टा झमझमाउने र रिंगटा लाग्ने ।

    मधुमेहबाट बच्‍न के गर्नुपर्छ :

    जीवनशैली परिवर्तन गर्नुपर्छ ।

    तौल नियन्त्रण गर्नुपर्छ ।

    दैनिक शारीरिक अभ्यास गर्नुपर्छ ।

    सन्तुलित र नियमित भोजन लिनुपर्छ ।

    मानसिक तनाव घटाउने र नियमित योग ध्यान प्राणयाम अभ्यास गर्ने ।

    धुम्रपान र मद्यपान सेवन नगर्ने ।

    नुन र बढी चिल्लोयुक्त पदार्थको सेवन नगर्ने ।

    फलफूल, सागपात एवं कम बोसो र दुधजन्य खानेकुराहरू सेवन गर्ने ।

    बिरामीले प्रत्येक ६-६ आँखा, मुटु र मिर्गौलाको परीक्षण गराउने ।

     

     

     

    twitter sharing button
    messenger sharing button

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १२:०८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij