Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट उपलब्ध

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट उपलब्ध


  • 4.1K
    Shares

    बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट उपलब्ध

    काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिकबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

    यस सम्झौतापश्चात् ग्राहकहरूले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरूमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउनेछन् । 

    ग्राहक महानुभावहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । एपोलो पोलि क्लिनिकले काण्ठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।   

    बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १३:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij