Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट उपलब्ध

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट उपलब्ध


  • 4.4K
    Shares

    बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट उपलब्ध

    काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिकबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

    यस सम्झौतापश्चात् ग्राहकहरूले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरूमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउनेछन् । 

    ग्राहक महानुभावहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । एपोलो पोलि क्लिनिकले काण्ठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।   

    बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १३:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij