Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कतार प्रहरीमा रोजगारी गुम्न दिइन्नँ, कसैको सिण्डिकेट चल्दैन : श्रममन्त्री श्रेष्ठ

कतार प्रहरीमा रोजगारी गुम्न दिइन्नँ, कसैको सिण्डिकेट चल्दैन : श्रममन्त्री श्रेष्ठ


  • 5.8K
    Shares

    कतार प्रहरीमा रोजगारी गुम्न दिइन्नँ, कसैको सिण्डिकेट चल्दैन : श्रममन्त्री श्रेष्ठ

    काठमाडौं । कतार प्रहरीमा नेपालले पाएको रोजगारी गुम्न नदिने र नेपाली युवामाथि ठगी हुन समेत नदिने श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कतारको आन्तरिक मामिला मन्त्रालयले कतार प्रहरीमा २०० जना नेपाली युवालाई भर्ना गर्न नेपाली दूतावासलाई पत्र पठाएको थियो । कतारले १० हजार नेपाली युवालाई प्रहरीमा भर्ती गर्ने बताइएको छ । तर, सरकारी कमजोरी र केही व्यवसायी तथा मेनपावर माफियाहरुको चलखेलका कारण रोजगारी अन्योलमा परेको छ । सीमित मेनपावरलाई कोटा तोकेर दिन चलखेल भइरहेको बेला श्रममन्त्री श्रेष्ठले सबै काम पारदर्शीरूपमा हुने बताए ।

    आगामी वर्ष नेपाली नेपाली नागरिकले भर्ना पाउने र कसैको सिण्डिकेट पनि चल्न नदिनेगरि मन्त्रालयले काम गर्ने मन्त्री श्रेष्ठले बताए । यसका लागि नीतिगत निर्णयबाट गाँठो फुकाउनु परेमा मन्त्रीस्तरमा छलफल गरिने श्रेष्ठले बताए ।

    उनले भने, ‘कतार प्रहरीमा प्राप्त रोजगारी गुम्न दिइन्न र नेपाली युवालाई कसैले ठग्न पनि दिन्न । सबै काम पारदर्शी रुपमा हुन्छ । मन्त्रीस्तरमै छलफल गरेर टुंगो लगाउनुपर्ने भएमा हामी भ्रमण आदान प्रदान पनि गर्छौं ।’

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - १६:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij