Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

आज दोहोरो अंकले घट्यो नेप्से, यस्तो छ कारोबार

आज दोहोरो अंकले घट्यो नेप्से, यस्तो छ कारोबार


  • 6.0K
    Shares

    आज दोहोरो अंकले घट्यो नेप्से, यस्तो छ कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहार पछिको पहिलो कारोबाको दिन आज सोमबार दोहोरो अंकको गिरावट भएको छ । नेप्से आज १९.२० अंकले घटेर दुई हजार ८ सय २९ दशमलब ६५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ४२ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।          

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

    त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ५२ करोड भन्दा बढीको कारोबार भएको छ ।                

    प्रकाशित मिति :कार्तिक २२ २०७८ सोमवार - १५:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij