Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

मौलिकपन जोगाउन कलाकार सङ्घको देउसीभैलो

मौलिकपन जोगाउन कलाकार सङ्घको देउसीभैलो


  • 6.1K
    Shares

    मौलिकपन जोगाउन कलाकार सङ्घको देउसीभैलो
    images

    कास्की । पोखरा साङ्गीतिक कलाकार सङ्घले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ ।

    बजारमा रेकर्ड गरिएका गीतमा नाचगान गर्दै देउसीभैलो खेल्न थालेर  मौलिक संस्कृति लोप हुँदै जाने देखिएकाले त्यसलाई अन्त्य गर्न कलाकारले आफैँ गाउँदै र नाच्दै पोखराका विभिन्न ठाउँमा भैलो खेलेका हुन् ।

    देउसीभैलो कार्यक्रमको नेतृत्व सङ्घका अध्यक्ष सुनिल थापाले गरको र उनको समूहमा आनन्दराज बज्राचार्य, शान्तराज बज्राचार्य, भाइ गुरुङ, भाष्करध्वज श्रेष्ठलगायतसदस्यहरु थिए । समूहलाई पोखराको चर्चित हिमाली सांस्कृतिक परिवारका सदस्यहरूले साथ दिएका थिए ।

    भैलोको मौलिकता हराउँदै गएकाले आफूहरुले संरक्षणका लागि भैलो खेलेको सङ्घका अध्यक्ष थापाले बताए । उनले भने, “हिजोआज अर्काको रेकर्डेड गीत पेनड्राइभबाट बजायो, नाच्यो, सकियो । यसबाट हाम्रो मौलिक संस्कृति लोप हुँदैछ, यसलाई बचाउन हामीले आफँै गाउने, आफैँले बाजा बजाउने र आफैँ नाच्दै देउसीभैलो खेलिरहेका छौँ ।”

    पोखराका गैहपाटन, चिप्लेढुङ्गा, विरौटालगायत स्थानमा भैलो खेलेको सङ्घले आगामी वर्ष  पनि यसलाई निरन्तरता दिने सोचाइमा रहेको र सङ्कलन भएको रकम सङ्घको कोषमा राखेर  कलाकारलाई कुनै समस्या पर्दा खर्च गरिने बताइएको छ । 

    प्रकाशित मिति :कार्तिक २० २०७८ शनिवार - १८:२९:२५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij