२०८२ मंसिर १२ गते शुक्रवार
एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ। सो बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले बैंकका देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन्।
बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको प्रयोगकर्ताहरूले एप भित्र रहेको ‘कार्डलेस विथड्राल’ आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्सेक्सन पिन वा फिंगरप्रिान्ट राखेर भेरिफाइ गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्न सकिनेछ।
र, ग्राहकले आफूलाई प्राप्त सोही ओटीपी एटीएमको स्क्रीनमा रहेको कार्डलेस ट्रान्सेक्सन भित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी ‘विथड्रवल’ आइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij