Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

नेप्सेमा ५.२२ अंकको सुधार, यी हुन् आज सर्वाधिक सेयर मूल्य बृद्धि हुने १० कम्पनीहरु

नेप्सेमा ५.२२ अंकको सुधार, यी हुन् आज सर्वाधिक सेयर मूल्य बृद्धि हुने १० कम्पनीहरु


  • 5.1K
    Shares

    नेप्सेमा  ५.२२ अंकको सुधार, यी हुन् आज सर्वाधिक सेयर मूल्य बृद्धि हुने १० कम्पनीहरु
    images

    काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.२२ अंकले बढेर २ हजार ८ सय ४८.८४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो करिब ०.१८ प्रतिशतको वृद्धि हो । अघिल्लो दिनको तुलनामा बुधबार नेप्सेको वृद्धिदर घटेको हो । अघिल्लो दिन करिब २४ अंकले बढेको थियो ।

    उक्त दिन ६१ हजार ७ सय ४५ कारोबारबाट २ सय २९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो ।

    मंगलबार बजारमा ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन करिब ६० हजार कारोबारबाट २ सय ३० वटा कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएका थिए ।

    यी हुन् आज सर्वाधिक सेयर मूल्य बृद्धि हुने १० कम्पनीहरुः  

    618256451dc02.jpg

     

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १५:५१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij