२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौँ । काठमाडौँमा जनसांस्कृतिक महासंघले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले भनेका छन्, “मैले आज एक अन्तर्वार्तामा भनेको छु, केपीजी तपाईँलाई धन्यवाद ! तपाईँले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो र नारा दिनुभयो ।”
गणतन्त्र, संघीयता, लोकतन्त्र र जनतापक्षमा लड्ने मुद्दा दिएको पनि प्रचण्डले उक्त कार्यक्रममा बताए । यससँगै उनले अर्कोपटक हुने चुनावमा जित्ने दाबी गरे।
फरक प्रसङ्गमा उनले दुई÷चार महिनापछि रामबहादुर थापा ‘बादल’ आफ्नो समूहमा आउने बताए । “दुईरचार महिनामा उहाँ आउनुहुन्छ, आएपछि हामी क्षमा दिन्छौँ,” उनले भने, “क्षमा दिन हामी सिपालु छौँ। ”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij