Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर नेप्सेमा सूचीकृत

सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 4.5K
    Shares

    सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर नेप्सेमा सूचीकृत
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।  कम्पनीको १० प्रतिशत बोनस बापतको ७ लाख ३३ हजार २ सय ५० कित्ता शृयर नेप्सेमा सूचिकृत भएको हो । 

    कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    यसका साथै, कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २स्१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १३:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij