Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

भर्खरै आईपीओ ल्याएकाे सामलिङ्ग पावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

भर्खरै आईपीओ ल्याएकाे सामलिङ्ग पावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?


  • 4.8K
    Shares

    भर्खरै आईपीओ ल्याएकाे सामलिङ्ग पावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?
    images

    काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले मंगलवार बाँडफाँट गरेको आईपीओ सम्बन्धी सम्पूर्ण कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

    शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य आज (बुधवार) देखि नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

    कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेर कात्तिक १६ गते बाँडफाँट गरेको हो ।

    कम्पनीको आईपीओ खरीदका लागि २१ लाख ९८ हजार ७६४ जनाको आवेदन परेको थियो । कुल आवेदकहरुमध्ये ९ हजार ९८६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ ।

    योग्य २१ लाख ८८ हजार ७७८ जना आवेदकहरुलाई एउटै समूहमा राखेर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर हात पारेका हुन् ।

    कम्पनीले रू ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा वितरण जारी गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी मंगलवार बाँडफाँट गरेको हो ।

    कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।

    सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गरिसकेको हो ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १२:११:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij