Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

२३.७६ अंकले बढ्यो नेप्से, आज धेरै मूल्य बढेका यी हुन् ८ कम्पनी

२३.७६ अंकले बढ्यो नेप्से, आज धेरै मूल्य बढेका यी हुन् ८ कम्पनी


  • 4.6K
    Shares

    २३.७६ अंकले बढ्यो नेप्से, आज धेरै मूल्य बढेका यी हुन् ८ कम्पनी
    images

    सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार २८० अंकको बढोत्तरीपछि सोमबार १७ अंकले घटेको बजार आज फेरि लयमा फर्केको हो ।सूचकमा वृद्धि भए पनि आज कारोबार रकममा भने गिरावट आएको छ ।अघिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकम पौने २ अर्बले घटेर ६ अर्बमा सीमित भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा पुगेको छ । यसदिन २३० कम्पनीको ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँ बढीको ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ३.७७ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह पनि ३.५ प्रतिशतले बढेको छ ।

    कारोबारमा आएका २३० कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४७ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, कामना सेवा विकास बैंकको २२ करोड र नेपाल पुनर्बीमा कम्पनी २१ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज साहस ऊर्जा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    यसैगरी, गुडविल फाइनानस ९.१६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी, कालिका पावर र रिडी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो र लुम्बिनी विकास बैंकका सेयरधनीले ७ प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज विशाल बजार कम्पनीका सेयरधनीले भने सबैभन्दा धेरै २.९५ प्रतिशत गुमाएका छन् ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १६:३८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij