२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको १ घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ ।
कारोबार सुरु भएको एक घण्टामा नेप्से परिसुचक २९.०८ अंकले ओरालो लागेर २७९०.७८ को बिन्दुमा पुगेको छ । १२ बजे सम्म शेयर बजार १.०३ प्रतिशतले घटेको हो ।
सो अवधीसम्म कारोबारमा आएका २०८ कम्पनीको २० लाख ९१ हजार ६८० कित्ता शेयर १४ हजार ३३२ पटकको कारोबारमा १ अर्ब ३३ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये २४ कम्पनीको शेयरमुल्य बढेको छ भने १५६ कम्पनीको शेयरमुल्य घटेको छ । २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij