Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकले खुद नाफा कति कमाए

राष्ट्रिय वाणिज्य बैंकले खुद नाफा कति कमाए


  • 5.3K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले खुद नाफा कति कमाए

    राष्ट्रिय वाणिज्य बैंक (RBB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.७० प्रतिशतले बढी हो ।

    गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ८२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    यस अवधिमा बैंकले २ अर्ब ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप संकलन ८.७९ प्रतिशतले घट्दा कर्जा लगानी भने ६.५३ प्रतिशतले बढेको छ ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेपनि नेट फि तथा कमिशन आम्दानी भने २०.४६ प्रतिशतले घटेको छ ।

    यस्तै बैंकको सञ्चालन मुनाफा पनि ९.३८ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

    banijyabank.JPG

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - ११:४७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij