२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । सामलिङ पावर कम्पनीको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले मंगललबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।
यही कात्तिक ४ गतेदेखि कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो ।
कम्पनीको सार्वजनिक निष्कासनमा २१ लाख ९८ हजार ७६४ आवेदकले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता सेयर माग गरेका थिए । कुल आवदेकमध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको छ भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।
स्वीकृत आवेदकमध्ये धितोपत्र निष्कासन तथा बँँडफाँड नियमावलीअनुसार ६७ हजार ८९० जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड भएको छ । बाँकी रहेका २१ लाख २० हजार ८८८ आवेदकले भने सेयर नपाएको बिक्री प्रबन्ध नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
आईपीओको नतिजा हेर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । साथै, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र निष्काशनकर्ता कम्पनी सामलिङ्ग पावरको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij