२०८२ मंसिर १२ गते शुक्रवार
कात्तिक १६ गते, मंगलबार सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो।
कम्पनीको आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले २ करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएका छन् भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये भाग्यमानी ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij