२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । दुबईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको EMIRATES LEISURE RETAILकम्पनीले ९० जना महिला सहित १७५ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ४० हजार माथि पाउने छन् । इच्छुक कामदारले Jobs Global.Com Employment Services Pvt.Ltd काठमाडौंमा कार्तिक २२ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ । यस्तै, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij