Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंकले कति कमाए नाफा , हेर्नुहोस् यस्तो छ विवरण

नबिल बैंकले कति कमाए नाफा , हेर्नुहोस् यस्तो छ विवरण


  • 4.7K
    Shares

    नबिल बैंकले कति कमाए नाफा , हेर्नुहोस् यस्तो छ विवरण

    काठमाडौँ ।  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकको गत आर्थिक बर्ष २०७७/०७८ को पहिलो त्रैमासको तुलनामा बैंकको खुद मुनाफा रकम ७.३९ प्रतिशतले बढेको छ । 

    बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासमा एक अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा चालू आर्थिक बर्षको सोही अवधिमा सो रकम ७.३९ प्रतिशतले बृद्धि गरी एक अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ नाफा गरेको हो । सोही त्रैमासिकमा बैंकले पीएल विनियोजन र नियामक समायोजनपछि वितरणयोग्य नाफा ८५.१९ करोड रहेको छ ।

    बैंकको ग्राहकहरुको निक्षेप १.०८ प्रतिशतले बृद्धि भएको छ । गत आ.ब.को पहिलो त्रैमासमा २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको बैंकले चालू आ.व.को सोही अवधिमा सो रकम बृद्धि गरी २ खर्ब २५ अर्ब ८८ करोड ४५ लाख १६ हजार रुपैयाँ पुर्याएको हो । 

     सोही अवधिमा बैंकले कर्जा लगानी रकम ४.७१ प्रतिशतले बृद्धि गरेको छ । समीक्षा अवधिमा दुई खर्ब ७ अर्ब ४३ लाख ७२ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आ.व.को पहिलो त्रैमासमा भने सो रकम एक खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ रहेको थियो । 

    समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा भने ७३.८५ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा ०.६५ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा १.१३ प्रतिशत पुगेको छ । 

    समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा रकम ७.१३ प्रतिशतले बृद्धि गरेर एक अर्ब ५८ करोड ८८ लाख २३ हजार रुपैयाँ पुर्याएको छ भने खुद ब्याज आम्दानी ४२.४१ प्रतिशतले बढाएको छ । अघिल्लो आ.ब.को पहिलो त्रैमासमा एक अर्ब ५७ करोड ४० लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा सोे रकम बढाएर २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । 

    त्यस्तै, चालू आर्थिक बर्षको सिडि रेसियो ७३.४८ बाट २०.६३ प्रतिशतले बृद्ध भई ८८.६४ पुगेको छ भने कष्ट अफ फण्ड ५.१५ प्रतिशत रहेको छ । स्प्रेड ब्याजदर ३.९७ रहेकोमा १९.९० प्रतिशतले घटेर ३.१८ मा झरेको छ भने आधारदर ८.५३ प्रतिशतले घटेको छ । 

    समीक्षा अवधिमा बैंकको इपिएस ३२ रुपैयाँ १४ पैसा रहेको छ भने, प्रतिशेयरआम्दानी २४७ रुपैयाँ ३१ पैसा रहेको छ । 

    nabil bank.JPG

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १५:०१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij