२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । सर्वसाधारण लगानीकर्ताको लागि ६ लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् ।
आर्दश लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र जाल्पा लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् । नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएपश्चात यी ६ लघुवित्तले आईपीओ निष्कासन गर्नेछन् ।
आर्दश लघुवित्तले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ ।
सीवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँ बराबरको ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।
नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।
उपकार लघुवित्तले २ करोड ६६ लाख २ लाख ६६ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई क्यापीटललाई नियुक्त गरेको छ ।
राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ नियकासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा नेपाल एनआईबीएल एस क्यापीटललाई नियुक्त गरेको छ ।
जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटल रहेको छ नियुक्त गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij