Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मन्त्रीलाई बहिस्कार गर्ने निर्देशन

मन्त्रीलाई बहिस्कार गर्ने निर्देशन


  • 6.5K
    Shares

    मन्त्रीलाई बहिस्कार गर्ने निर्देशन

    नेकपा सिन्धुपाल्चोक जिल्ला कमिटीको आइतबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभा विघटनले प्राप्त उपलब्धीहरू नै जोखिममा परेको ठहर गर्दै संविधानमाथिको हमलाप्रति भर्त्सना गरेको छ ।

    कमरेड दावा तामाङ्ग प्रतिगामी कित्तामा पुग्नुभएको छ । असंवैधानिक सरकारका मन्त्री सामेल हुने सम्पूर्ण सामाजिक कार्यक्रमहरूमा सहभागी नहुन, तदनुरूपको व्यवहार गर्न मातहतका पार्टी कमिटी, स्थानीय सरकार र आम जनसमुदायमा अनुरोध गर्दछौं ।’

    कमिटीको निर्णयमा असंवैधानिक कदमको दृढतापूर्वक प्रतिरोध गर्दै उपलब्धीहरूको रक्षाको निम्ति पार्टी केन्द्रीय कमिटीबाट घोषित १४ गतेको प्रदर्शनमा भाग लिन काठमाण्डौ जानेलगायत सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन मातहतका कमिटी र आम जनसमुदायलाई अपिलसमेत गरिएको छ ।

    अध्यक्ष झम्क नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अवैधानिक सरकारको कथित मन्त्री पद स्वीकार गरी आन्दोलन,पार्टी र जनताप्रति गम्भीर विश्वासघात र धोका दिँदै कमरेड दावा तामाङ्ग प्रतिगामी कित्तामा पुग्नुभएको छ । त्यसैले नेकपाबीचमा रहेको सम्पूर्ण सम्बन्धहरूलाई स्वतः भंग गर्नुभएको छ । असंवैधानिक सरकारका मन्त्री सामेल हुने सम्पूर्ण सामाजिक कार्यक्रमहरूमा सहभागी नहुन,तदनुरूपको व्यवहार गर्न मातहतका पार्टी कमिटी,स्थानीय सरकार र आम जनसमुदायमा अनुरोध गर्दछौं ।’

     

     

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १२:२९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij