Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

कोरोना अपडेट : थप ३७६ मा कोरोना संक्रमण, ५१८ निको, ८ जनाको मृत्यु

कोरोना अपडेट : थप ३७६ मा कोरोना संक्रमण, ५१८ निको, ८ जनाको मृत्यु


  • 3.1K
    Shares

    कोरोना अपडेट : थप ३७६ मा कोरोना संक्रमण, ५१८ निको, ८ जनाको मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३७६ जनामा कोरोना संक्रमण देखिएको छ भने ५१८ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार देशभर गरिएको ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १२ हजार ५७० पुगेको छ । संक्रमणमुक्त हुने ७ लाख ९१ हजार २६९ जना पुगेका छन् । २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ७ हजार ८९९ परीक्षणमा ४०८ जना संक्रमित भएका छन् ।

    यस्तै, २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ छ । यस्तै, २११ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा हालसम्म ४४ लाख २० हजार ७७४ पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा खोप लगाएकाको संख्या ३८ हजार ८१५ रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १६:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij