२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । कारोबारको पहिलो दिन आइतबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च (नेप्से)मा १२ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा पुगेको छ । नेप्से १.९९ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि बढेको छ । कारोबारमा आएका कूल २३२ वटा कम्पनीको एक करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज युनाइटेड इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन उर्जा, लुम्बिनी विकास बैंक र पाँचथर पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij