Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीश १७ पुगे, थपिएका न्यायाधीशहरु को-को हुन् ?

सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीश १७ पुगे, थपिएका न्यायाधीशहरु को-को हुन् ?


  • 3.7K
    Shares

    सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीश १७ पुगे, थपिएका न्यायाधीशहरु को-को हुन् ?
    images

    काठमाडौं । सर्वोच्चमा जारी न्यायाधीशहरुको प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा दुई जना अरु न्यायाधीश पनि जोडिएका छन्। 

    न्यायाधीशद्वय अनिल कुमार सिन्हा र सपना मल्ल प्रधानले पनि इजलास बहिष्कार गरेसँगै सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीशको संख्या १७ पुगेको हो। यसबाहेक २ जना न्यायाधीशहरु भने विदामा बसेका छन्।  

    न्यायाधीशहरु तेजबहादुर केसी र ईश्वर खतिवडा विदामा रहेका हुन्। उनीहरु तिहारअघि उपस्थित हुनेछैनन्।प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरु आन्दोलनमा बसिरहँदा आइतबार वकिलहरुले सर्वोच्चमा धर्ना दिएका थिए। 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध न्यायाधीशहरुले विभिन्न आरोप लगाउँदै इजलास बहिष्कार गर्दै आएका छन्।  

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १३:३२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij