Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

पार्टीभित्रको समस्याका कुरा हामीले नउठाए कस्ले उठाउँछ भन्दै देउवाविरुद्ध यसरी खनिए प्रकाशमान

पार्टीभित्रको समस्याका कुरा हामीले नउठाए कस्ले उठाउँछ भन्दै देउवाविरुद्ध यसरी खनिए प्रकाशमान


  • 4.4K
    Shares

    पार्टीभित्रको समस्याका कुरा हामीले नउठाए कस्ले उठाउँछ भन्दै देउवाविरुद्ध यसरी खनिए प्रकाशमान
    images

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले गरेको अलोकतान्त्रिक कामको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन्।

    कांग्रेस कीर्तिपुर नगर समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वले हेलचेक्र्याइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी गरे। 

    पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता–कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्नेमा जोड दिए। 

    ‘पार्टीभित्रको समस्याका कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफैँ समाधान गर्ने हो’, उनले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनुपर्दछ। आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ।’ पार्टीभित्रका भजनमण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको नेता सिंहको भनाइ थियो। 

    पार्टीभित्रको बेथिति र विकृत अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा थियो। विधि र पद्धतिको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छाडे जनताले विश्वास नगर्ने सिंहको टिप्पणी थियो। देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसभित्र विधि–पद्धति जोगाउन आवश्यक रहेको उनको भनाइ थियो।

    ‘देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसमा विधि पद्धति जोगाउन जरुरी छ। सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टीभित्र विधि पद्धतिको स्थापना गर्नुपर्दछ,’ उनले भने, ‘त्यसो गर्न नसके प्रजा परिषद्को बाटोमा नेपाली कांग्रेस जान्छ।’

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १३:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij