२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमुष्ट पुनर्कर्जाका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट पुनर्कर्जाको लागि आह्वान गरेको छ ।
केन्द्रीय बैंकले ‘राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ ९तेस्रो संशोधन०’को बुँदा नम्बर ९९१० अनुसार एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाले यही कात्तिक १४ देखि आउँदो मंसिर १९ गतेसम्म आवेदन दिने सक्ने जनाइएको छ ।
राष्ट्र बैंकले ०७८ असोज २५ गते जारी गरेको एकीकृत निर्देशनमा उल्लेख कोभिड–१९ अति प्रभावित र मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका भएका कर्जाहरूलाई एकमुस्ट पुनर्कर्जा प्रदान गर्ने जनाएको छ ।
बैंकहरूले पुनर्कर्जाका लागि आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम पाँचवटा ग्राहक ऋणी समेट्नुपर्ने जनाइएको छ । एक बैंकले कुल प्राथमिक पुँजीको २५ प्रतिशतसम्म पुनर्कर्जा प्राप्त गर्ने जनाइएको छ । अहिले एकमुस्ट पुनर्कर्जा प्रयोग गरिरहेका ऋणी पुनः आवेदनका लागि अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij