२०८२ मंसिर ८ गते सोमवार
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा कम्पनीकाे पहिलो कारोबार भएको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र साहस उर्जा कम्पनी लिमिटेडको आज (आइतबार) पहिलाे काराेबार भएकाे हाे ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा तेह्रथुम पावर कम्पनी लिमिटेडकाे पहिलाे काराेबार प्रतिकित्ता २ सय ५४ रूपैयाँ २ पैसामा भएकाे छ । त्यस्तै, साहस उर्जा कम्पनी लिमिटेडको पहिलाे काराेबार ४ सय ५ रूपैयाँ ३ पैसामा भएकाे छ ।
बिहीबार तेह्रथुम पावर कम्पनी लिमिटेडकाे ४० लाख कित्ता र साहस उर्जा कम्पनी लिमिटेडको ३ कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
त्यसैगरी, नेप्सेले तेह्रथुम पावर कम्पनी लिमिटेडकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म र साहस उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३५ रूपैयाँ ११ पैसादेखि अधिकतम ४०५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे । दुवै कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट खुलेकाे हाे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij