२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२.९८ अंक बढेर २७८२.११ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ३.८३ अंक बढेर २७८५.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६८ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ४० कम्पनीको ९५ लाख ५१ हजार ६८३ रुपैयाँ ८० पैसा बराबरको १८ हजार ९२ कित्ता शेयर कारोबार भएको छ।
जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij