२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ ।
संसद विघटनविरुद्ध रणनीति तयार गर्न गत बिहीवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले देशभर १६५ निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको थियो ।
सोही घोषणा अनुसार कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यसका लागि सबै नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधनका लागि पार्टीले खटाइसकेको छ । कांग्रेसका केही शीर्ष नेता तथा केन्द्रीय सदस्य बाहेक सबै नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने केही जाँदैछन् ।
दिउँसो १ बजे हुने कोटेश्वरको विरोध प्रदर्शनमा प्रवक्ता शर्मा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुने कांग्रेसले जनाएको छ । यसै क्रममा काठमाडौं कांग्रेसले १० वटै निर्वाचन क्षेत्रमा आफ्नो तयारीलाई तीव्र पारेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij