Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल र प्रचण्डबीच भेट

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल र प्रचण्डबीच भेट


  • 6.6K
    Shares

    चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल र प्रचण्डबीच भेट

    काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाको प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरुसँग छलफल थालेको छ ।

    टोलीले बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँकै निवास खुमलटार पुगेर भेट गरेको छ । भेटमा प्रतिनिधिसभा विघटन र नेकपा विभाजनलगायतका विषयमा कुराकानी भएको छ । 

    चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले आजै अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्ने नेकपाको प्रचण्ड-नेपाल समूहले जनाएको छ ।

    हिजो काठमाण्डौ आउनेबित्तिकै चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेको थियो । 

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - ११:१३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij