Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

आजदेखि सुरु भयो जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ (फोटो फिचर)

आजदेखि सुरु भयो जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ (फोटो फिचर)


  • 7.4K
    Shares

    आजदेखि सुरु भयो जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ (फोटो फिचर)
    images

    काठमाण्डौ । ढकमक्क फुलेका फूलले आँखालाई आनन्द दिन्छ भने मनलाई शान्ति पनि। अहिले ललितपुरको जावलाखेलमा ओहोरदोहोर गर्नेहरु पनि ढकमक्क फुलेका फूल देखेर एकैछिन टक्क अडिएर फूल हेर्छन्, सुम्सुम्याउँछन् र फोटो खिच्छन् ।

    33.jpg

    शुक्रवारदेखि सुरु भएको पुष्प प्रदर्शनीले जावलाखेलको खेल मैदानलाई ढकमक्क ढाकेको छ । प्रदर्शनीमा राखिएका फूलले अवलोकनकर्तालाई आकर्षित गरेको छ । अबको चार दिनसम्म जावलाखेलको खेल मैदानमा यस्तै ढकमक्क फुलेका सयपत्री, गोदावरीलगायत फूल हेर्न र किन्न पाइन्छ । 

    11.jpg

    तिहार नजिकिएसँगै फूलको प्रवर्द्धन गर्ने उद्देश्यले जावलाखेलमा पुष्प प्रदर्शनी सुरु भएको हो । दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एसोसिएशन नेपालले आजदेखि सोमवारसम्म ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ सुरु गरेको हो । 

    44.jpg

    पुष्प प्रदर्शनीमा ४८ स्टल छन् । प्रदर्शनीमा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराइ उत्कृष्टलाई पुरस्कृत गरिने छ । झण्डै ३५ हजारभन्दा धेरैले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा ५० लाख रूपैयाँको कारोबार हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका बिरुवाको बिक्री समेत गरिनेछ।

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १६:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij