२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९, काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला परेका छन् । आज बिहान करिब ११ः २० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको छ । उनीहरूको पहिचान भने खुल्न सकेको छैन । मृतक युवकको उमेर करिब २०-२१ वर्ष र युवतीको उमेर १९-२० वर्षको अनुमान गरिएको छ ।
घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहोराको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा पुगेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij