Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

कोरोना अपडेट : ९ हजार ७४६ परीक्षणमा ५४९ जनामा संक्रमण, ६ संक्रमितको मृत्यु

कोरोना अपडेट : ९ हजार ७४६ परीक्षणमा ५४९ जनामा संक्रमण, ६ संक्रमितको मृत्यु


  • 3.3K
    Shares

    कोरोना अपडेट : ९ हजार ७४६ परीक्षणमा ५४९ जनामा संक्रमण, ६ संक्रमितको मृत्यु
    images

    पछिल्लो २४ घन्टामा मुलुकमा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ४६ जनामा नमुना परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना संक्रमण पाइएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार, यस दिन ७ हजार १ सय ४५ जनामा पीसीआर परीक्षण गरिएको थियो भने २ हजार ६ सय १ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । 

    यससँगै हालसम्म मुलुकभर ९ लाख ६ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार ५ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् । 

    यससँगै मुलुकभर हालसम्म ७ लाख ९० हजार ३ सय ५८ संक्रमित निको भएका छन् । निको भएको दरस ९७.३ प्रतिशत रहेको छ । 

    शुक्रवार ६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ ।

    हालसम्म २ सय १२ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ । हाल मुलुकमा १० हजार १ सय ५१ सक्रिय संक्रमित छन् । 
     

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १६:०६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij