Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको छैन : दूतावास

नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको छैन : दूतावास


  • 8.5K
    Shares

    नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको छैन : दूतावास

    काठमाण्डाै । मलेसियामा रहेको नेपाली दूतावासले नयाँ कामदार मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । 

    मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएकाहरू मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन पाउने बारे कुनै जानकारी नआएको जनाएको छ ।

    भिसाको अवधि भएकाहरूले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वरेण्टीन बस्ने गरी मलेसिया जान सक्नेछन् ।

    कोरोना महामारी रोकथामका लागि मलेसिया सरकारले सन् २०२० को मार्च १८ देखि नै आवागमन नियन्त्रण गरेको छ । मलेसियाले आवागमन नियन्त्रण लागू गरेदेखि नै दूतावासले स्थगित गरेको माग पत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

    माग पत्र प्रमाणीकरणको काम सुरु हुनासाथ सूचना जारी गरिने हुँदा अहिले अन्य कुरामा भ्रममा नपर्न दूतावासले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १४:१४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij