२०८२ मंसिर ८ गते सोमवार
पोखरा । पत्रकार श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले आत्महत्या गरेका हुन् ।
उनले पैत्रिक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भएको र आज आफैं पनि चैट हुनुपरेको स्टटसमा लेखेका छन् ।
उनले आत्महत्या गर्नुको कारण फेसबुक स्टाटसमा लेखेका छन् । बाँस्तोलाले स्टाटसमा आफ्नी श्रीमती सृजना बाँस्तोलासहित दर्जन व्यक्तिको नाम उल्लेख गरेका छन् । ती व्यक्तिहरु पत्रकारदेखि बैंकर्स र व्यापारी पनि छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बाँस्तोलाले राति आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको पुष्टि गरे । हमालका अनुसार मृतकका भाइले अन्तिम संस्कारका लागि प्रहरीमा निवेदन दिएका छन् ।
यस्तो छ उनको फेसबुक स्टाटस
१५ बर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम
देशको बाताबरण गर्ने होईन,मर्ने बनाउने खालको छ ।
पैत्रिक संपति, घर, खेत, जग्गा, सुन, गहना, स्कूल, सबै चैट ।
आज आफै चैट ।
लज्जा देख्नु भन्दा, अस्ताउनु बेश
छलकपटकी श्रीमती सृजना घिमिरे
मेरो लाश नजलाउन गाडिदिनु, मेरो किरीया कोहि नबस्नु
मैले तिर्ने काम प्राय सबै गरे
अरु श्रीमती संग लिनुहोला ।
प्रहरी प्रधान कार्यालय
काठमाडौं ।
बिषय : गम्भिर षडयन्त्र सम्बन्धमा । फसाउने प्रपन्च गरिएको सम्बन्धमा ।
षडयन्त्रकारीहरुको नामाबली : मुख्य योजनाकार पो.म.न.पा.११ निबासी रबिन्द्रनाथ बास्तोला,बिश्वराज बास्तोला,श्रीमती नाताकी सृजना बाँस्तोला,श्रीमती संग निकट उज्वल पुन मगर,अनिल गुरुङ,पोखरा १४ स्थित अजय के.सी, बाग्लुङ निबासी बिन्दु मगर, पोखरा काँहु निबासी हिम पौडेल नारायण, नरेश गुरुङ आदि ।
महोदय,
प्रस्तुत बिषयमा म श्रीप्रसाद बास्तोला पूर्व बिद्यालय संचालक हाल बाल अधिकार संरक्षणका लागि आवाज उठाउदै आएको ब्यक्ति हुँ । दुई बर्ष अगाडि बिश्वराज बास्तोला छात्रा र्दुब्यबहारमा पक्राउ परेपछि मलाई फसाउने धम्की दिईएको थियो ।
हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षडयन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देष्य राखी यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो । पोखरा टेलिभिजनको म सिईओ हुँदा बखतमा गरिएको चेकमा पनि मैले हस्ताक्षर मात्र गरी संस्थापकलाई बुझाएको मात्र हुँ ।
तसर्थ यस उपर निष्पक्ष छानबिन गरी कानून बमाजिम कारवाहीको लागि अनुरोध गर्दछु ।
कानून बमाजिमको आदेश पालना गर्न तयार गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की,पोखरा
निबेदक
श्रीप्रसाद बास्तोला
९८५६०६४०३३
पो.म.न.पा.वडा नं ११

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij