Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

मध्य भोटेकोसीको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

मध्य भोटेकोसीको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?


  • 7.2K
    Shares

    मध्य भोटेकोसीको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?
    images

    काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

    क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

    मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको थियो । कम्पनीले सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

    केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - ११:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij