Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ, पाण्डेले आजै सानो मन्त्रिमण्डल गठन गर्ने

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ, पाण्डेले आजै सानो मन्त्रिमण्डल गठन गर्ने


  • 5.2K
    Shares

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ, पाण्डेले आजै सानो मन्त्रिमण्डल गठन गर्ने
    images

    काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    मंगलबार अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यससँगै प्रदेशप्रमुख यादवकुमार शर्माले कुनै पार्टीको एकल बहुमत नभएको भन्दै सरकार गठनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनसहित दाबी पेश गर्न आह्वान गरेका थिए ।

    एकीकृत समाजवादी बागमतीका संसदीय दलका नेता समेत रहेका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए । सोही अनुसार प्रदेश प्रमुख शर्माले उनलाई बागमतीको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई एससहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

    त्यस्तै आज नै नवनियुक्त मुख्यमन्त्री पाण्डेले सानो मन्त्रिमण्डल गठन गर्ने बताइएको छ । गत २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनपछि बागमतीको मुख्यमन्त्री बन्ने पाण्डे तेस्रो व्यक्ति हुन् । यसअघि एमालेबाट डोरमणी पौडेल र अष्टलक्ष्मी शाक्यले बागमती सरकारको नेतृत्व गरिसकेका छन् ।

    प्रकाशित मिति :कार्तिक ११ २०७८ बिहिवार - १६:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij