२०८२ मंसिर ८ गते सोमवार
चितवनका ५८ वर्षीय भीमबहादुर विश्वकर्माको जातीय छुवाछुत गर्दै हत्या गरिएको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सडकमा निस्किएका छन्।
बिहीबार मध्यान्ह जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष भट्टराईसहितका नेताहरु विश्वकर्मालाई जातीय विभेद गरि मारिएको भन्दै त्यसको विरोधमा सडकमा निस्किएका हुन्।
विश्वकर्माका हत्यारालाई कारवाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेदविरुद्ध खबरदारी गर्दै डा. भट्टराईसहित सडकमा निस्किएर विरोध प्रदर्शन गरेका हुन्।

माइतीघर मण्डलमा भएको विरोध जुलुस तथा कोणसभामा काठमाडौं, भक्तपुर र ललितपुरस्थित समाजवादी पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरु सहभागी छन्। विश्वकर्माको मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा हत्या भएको दाबी दलित अभियन्ता र केही राजनीतिक दलले गरिरहेका छन्।
तर उनकै परिवारका सदस्यले भीमबहादुरको कुटपिटबाट मृत्य भए पनि जातीय छुवाछुत र मन्दिर प्रवेशको विषय अफवाह मात्रै भएको बताउँदै आएका छन्।
भरतपुर महानगरपालिका–४ निवासी विश्वकर्माको दसैंको महानवमीको दिन स्थानीय छिमेकीले मुक्का हान्दा ढलेर ज्यान गएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij