Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

साहस उर्जा र तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा

साहस उर्जा र तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा


  • 5.1K
    Shares

    साहस उर्जा र  तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा
    images

    काठमाडौं । साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बिहीबार साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेले साहस उर्जा कम्पनीको पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता न्यूनतम १३५ रुपैयाँ ११ पैसा देखि ४०५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार कम्पनीको शेयर कारोबार हुनेछ । यस्तै कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एसएएचएएस कारोबार संकेत दिएको छ ।

    तेह्रथुम पावर कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

    उक्त ओपनिङ्ग रेन्जको आधारमा रहेर आइतबार देखि कम्पनीको शेयर कारोबार हुनेछ ।नेप्सले तेह्रथुम पावर कम्पनीको शेयरलाई टिपीसी कारोबार संकेत प्रदान गरेको छ ।

    प्रकाशित मिति :कार्तिक ११ २०७८ बिहिवार - १४:२४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij