Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

को–को हुन् प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १५ न्यायाधीशहरू ?

को–को हुन् प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १५ न्यायाधीशहरू ?


  • 4.2K
    Shares

    को–को हुन् प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १५ न्यायाधीशहरू ?
    images

    काठमाडौं । प्रधानन्यायाधीश विवाद प्रकरणमा चौतर्फी आलोचनाबीच सर्वोच्च अदालतका न्यायधीशहरूले नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेपछि अदालतको न्याय सम्पादन ठप्प भएको छ । 

    प्रधानन्यायाधीश राणसँग मंगलबार भएको भेटवार्तामा १५ जना न्यायाधीशले सर्वोच्चको साख जोगाउनका लागि मार्ग प्रशस्त गर्न राणासँग माग गरेका थिए । 

    जवाफमा राणाले सडकबाट माग गर्दैमा आफूले राजीनामा नदिने र परिस्थितिको सामना गर्ने बताएका थिए । राजीनामा दिनै परे विवादमा मुछिएका र प्रश्न उठेका सबै न्यायाधीश तयार हुनुपर्ने उनको भनाई थियो ।

    नभए महाअभियोगको सामना गर्न आफू तयार रहेको सन्देश उनले दिएका थिए । मन्त्रिमण्डल विस्तार गर्दा भागबण्डामा राणाले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेपछि राजीनामा दिन राणामाथि चौतर्फी दवाब बढेको छ । 

    प्रधानन्यायाधीशसँगको छलफलमा अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा, कुमार चुडाल र सपना मल्ल प्रधान भने अनुपस्थित थिए । राणासँग भेट लगत्तै १५ जना न्यायाधीशले बैठक बसेर न्यायालयको छवि जोगाउनका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका थिए । सर्वोच्चको द्वन्द्वका कारण दैनिक इजलास बस्न सकिएको छैन । 

    यी हुन प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १५ जना न्यायाधीशहरू
    दीपक कुमार कार्की
    मीरा खड्का 
    हरिकृष्ण कार्की
    विश्वम्भरप्रसाद श्रेष्ठ
    डा. आनन्दमोहन भट्टराई
    प्रकाशमान सिंह राउत
    तेजबाहादुर केसी
    बमकुमार श्रेष्ठ
    टंकबहादुर मोक्तान         
    प्रकाशकुमार ढुंगाना 
    सुष्मलता माथेमा     
    कुमार रेग्मी 
    हरिप्रसाद फुँयाल
    डा. मनोज कुमार शर्मा 
    नहकुल सुवेदी      

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - १६:१४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij