२०८२ मंसिर ८ गते सोमवार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारका लागि एकल पूर्ण इजलासमा तोकेका रिटमा सुनुवाई भएको छ । उनको एकल इजलासमा तोकेका ५ वटा रिटमध्ये ४ वटामा सुनुवाई भएको हो। एउटा भने रिट निवदेन फिर्ता भएकाले सुनुवाई गर्नुपरेन।
राणाको इजलासले दुई रिटमा कारण देखाउँ आदेश, एउटामा कैफियता प्रतिवेदन झिकाउँने र अर्को रिट खारेज गर्ने आदेश दिएको छ।
यस्तै राणाले तोकेका अरु अरु १० वटा इजलास भने नबस्ने लगभग निश्चित छ। यसअघि दुई दिनदेखि कुनैपनि इजलास बस्न सकेका थिएनन्।
राणाले न्यायाधीश टंकबहादुर मोक्तान र आफ्नो छुट्टा छुट्टै उकल इजलास तोकेका थिए। अन्य न्यायाधीशले भने दुईदिनदेखि सुनुवाई गरेका छैनन्। बुधबार पनि उनीहरुले अघोषित रुपमै इजलास बहिस्कार गर्ने तयारी गरेका छन्। यस्तो अवस्थामा प्रधानन्यायाधीश आफैंले भने मुद्दाको सुनुवाइ गर्छन् कि गर्दैनन् भन्ने चासोका साथ हेरिएको थियो।
कानुन व्यवसायीले पनि उनको राजीनामा माग गर्ने निर्णय गरिसकेका छन्। उनले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णय गरिसकेको कानुन व्यवसायीले भने उनको इजलासमा बहस गर्छन् वा गर्दैनन् भन्ने निश्चित छैन।
यस विषयमा बारले कुनै निर्णय गरेको छैन। तर वरिष्ठ अधिवक्ताहरुले भने चोलेन्द्रको इजलासमा बहस नगर्ने बताएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij