२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । साइप्रसको एक कम्पनीले नेपाली कामदार माग गरेको छ । साइप्रस सहरमा रहेको cp capital labour suply ltd कम्पनीले डेमोस्ट्रिक वर्करका लागि २० जना नोपाली महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ४४ हजार माथि पाउनेछन् । इच्छुक कामदारले कर्म इनटरनेशनल इम्प्लोइमेन्ट सर्भिसेज प्रालिको कार्यालय ज्ञानेश्वर काठमाडौंमा कार्तिक १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij